७ मंसिर २०८३, सोमबार

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठ भन्छन्– बकवास बन्द गर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गर्ने भारतीय मिडियालाई बकवास बन्द गर्न सुझाव दिएका छन् ।

उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको बताएका छन् ।

‘हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर,’ उनले ट्वीटमा भनेका छन् ।