काठमाडौं, २५ असार । साधारण लक्षण भएका कोरोना संक्रमित घरमै आइसोलेसनमा बस्न मिल्ने गरी सरकारले नयाँ मापदण्ड जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितहरुको आसोलेशन सम्बन्धी मापदण्ड २०७७ मा यस्तो उल्लेख गरेको हो ।
कुनै लक्षण तथा चिन्हहरू नभएका र सामान्य लक्षण तथा चिन्हहरू भएका संक्रमित व्यक्तिहरू आफ्नै घरमा आइसोलेसनमा राख्न र बस्न सक्ने परिच्छेद २ को ११ औं नम्बर बुँदमा उल्लेख छ ।
उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरू परिवारका सदस्यबाट मगाउनुपर्ने मापदण्डमा उल्लेख छ ।संक्रमितले प्रयोग गर्ने भाँडाहरू सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुनः प्रयोग गर्न भनिएको छ ।
घरमा ६० वर्षमाथिका सदस्य वा गर्भवती तथा सुत्केरी माहिला छन् भने पनि त्यस्ता व्यक्तिलाई संक्रमितको सम्पर्कबाट टाढा राख्नुपर्ने जारी मापदण्डमा उल्लेख छ ।
संक्रमितले दैनिक तीनपटक ज्वारो जाँच्ने र त्यसको विवरण राख्नुपर्ने हुन्छ । परिवारका सदस्यले संक्रमितको स्वास्थ्य अवस्थाबारे दिनको कम्तीमा दुईपटक सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा मेसेज मार्फत जानकारी गराउनुपर्ने वा भर्जुअल विधि तथा स्वास्थ्य मन्त्रालयले विकास गरेको मोबाइल एप्लिकेशन मार्फत जानकारी गराउन भनिएको छ ।















प्रतिक्रिया