
काठमाडौं, २५ असार । प्रतिनिधि सभा सदस्य र पार्टीको साधारण सदस्यबाट पनि निष्काशित गरिएकी सरिता गिरीले जनता समाजावादी पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी पेश गरेकी छन् ।
आयोग प्रशासनले उजुरी आएको पुष्टि गरे पनि गिरीबारेको निर्णय गर्न नसकिने स्पष्ट पारेको छ । सम्बन्धित पार्टीको सचिवालयमार्फत नै उजुरी आउनुपर्ने व्यवस्थाका कारण केही गर्न सक्ने अवस्था नरहेको आयोगको ठम्याई छ ।
यता गिरीले न्यायका लागि सर्वोच्च अदालतमा रिट दिने तयारी गरेकी छन् । संविधान संशोधनका लागि पार्टीले गरेको निर्णयको विपक्षमा प्रतिनिधि सभामा गिरीले अर्को संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । फिर्ता लिनका लागि पार्टीले दिएको निर्देशन नमानेपछि गिरीलाई कारबाही गरिएको थियो ।















प्रतिक्रिया