बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेकपाको विवादबीच देखिएका घटनाक्रमबारे यसो भन्छन् पूर्व सभासद थारु 

दैनिक नेपाल २०७७ असार २५ गते ११:०२

काठमाडौं, २५ असार । नेपाल कम्युनिस्ट पार्टीका विवाद देखिएपछि भएका विविध घटनाक्रमबारे तत्कालिन संविधान सभाका सदस्य सन्तोष थारुले असन्तोष व्यक्त गरेका छन् ।

नेकपाका सुनसरीका युवा नेता थारु भन्छन्,‘जब सामूहिकताको विकल्प एकलकाटे देखेपछी कम्युनिस्ट बिचार पनि, सामन्ती बिचार लाग्ने गर्दछ । आफ्नै साथीभाई पनि पराई लाग्ने गर्दछ । पूँजीबादी र भ्रष्टहरु पनि आफ्नै लाग्न थाल्छन् ।’

अहिले पक्ष र विपक्षमा देखिएका घटनाक्रमसँग रुष्ट थारु जोड्छन्,‘ बिधिबिधान भन्दा पनि आफूले भनेकै राम्रो लाग्दछ । पार्टी भन्दा पनि गुट मै रमाइलो लाग्दछ । असल र ईमान्दार कार्यकर्ताहरु भन्दा पनि । आफू वरपर घुम्नेहरु नै बफादार लाग्ने गर्दछन् ।’

जनताले विश्वासका आधारमा ठूलो जनमत दिएपछि नेकपाले सरकार बनाएको थियो । अहिले पार्टीभित्र देखिएका अनेक प्रकारका समस्या र त्यसका विविध प्रभावहरू बारे थारु थप्छन्,‘जनताको चिन्ता भन्दा पनि आफ्नै चिन्ता हुने गर्दछ ।  पूँजीबादी बिचार पनि समाजबादी लाग्ने गर्दछ । पार्टी कार्यलय भन्दा पनि खोपीहरु मन पर्न थाल्दछ । चुनावको बेला झण्डा बोक्नेहरु भन्दा पनि । चुल्ठे, मुन्द्रे र टाई सुटबालाहरु नै मन पर्न थाल्दछन् ।’

उनी जोड्छन्,‘झुपडी र सुकुम्बासीहरु भन्दा पनि महल र दरबारहरु नै मन पर्न थाल्दछ । दासत्व पनि साम्यवाद लाग्ने गर्दछ । सत्ताको कुर्सीमा बसेपछी जनता भन्दा प्रभुकै कुरा राम्रो लाग्न थाल्दछ । सत्ता र शक्ति नै मन पर्न थाल्दछन । आफ्नै सहकर्मीहरु भन्दा पनि विपक्षीहरु नै मन पर्न थाल्दछ ।’

प्रतिक्रिया
सम्बन्धित