शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपालको आन्तरिक मामलामा भारतीय मिडियाको मनपरी रिपोर्ट, कुटनीतिक अपमान गरियो

दैनिक नेपाल २०७७ असार २५ गते १०:४९

काठमाडौं, २५ असार । नेपालको राजनीतिक मामलामा भारतीय संस्थापनलाई सहयोग गरिरहेका मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीको कुटनीतिक अपमानसहितका रिपोर्ट प्रशारण गरेका छन् ।

भारतीय सरकारको खुला समर्थनमा देखिएका मिडियाले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीका विषयमा मनगणन्ते, कपोकल्पित र काल्पनिक रिपोर्ट प्रशारण गरेका हुन् ।

नेपालले सर्वसम्मत रुपमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नक्शा जारी गरेपछि भारतीय मिडिया नेपाल सरकारविरुद्धका अनेक कुप्रचारमा जुटेका छन् ।

यस विषयमा नेपाल सरकारले नेपालस्थित भारतीय दूतवासलाई ध्यानाकर्षण गराउने तयारी गरेको छ । एक सरकारी अधिकारी भन्छन्,‘मुद्दाका विषयमा रिपोर्ट बनाउने या विषयबस्तुको तथ्यपरक जानकारी राख्ने कुरा स्वभाविक होला तर अपमान जनक हिसाबले गरिने व्यवाहार कुप्रचारले नेपालको आत्मसम्मानमा ठेस लागेको छ ।’

भारतविरुद्ध खुलेरै मैदानमा देखिएका प्रधानमन्त्री ओलीलाई हटाउनका निम्ति त्यहाँको संस्थापनले अनेक प्रकारका चालबाजी गरिरहेको विषयमा खुलाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित