६ कार्तिक २०८३, शुक्रबार

नबिल बैंक ‘लिडिङ डिजिटल बैंक’ बन्ने अभियानमा, हुवावेसँग रणनीतिक साझेदारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ असार । देशकै ‘लिडिङ डिजिटल बैंक’ बन्ने अभियानमा रहेको नवील बैंक लिमिटेडले हुवावे टेक्नोलोजिजसँग रणनीतिक साझेदारी गर्ने भएको छ ।

डिजिटल बैंकिंगमा उद्योगकै अग्रणी बनिराख्ने रणनीतिलाई सफल पार्न पछिल्लो समय नबिल बैंक आक्रामक बनिरहेको छ । यसैको पछिल्लो कदमको रुपमा हुवावे टेक्नोलोजिजसँग रणनीतिक साझेदारी गर्ने विषयमा समझदारी गरेको हो ।

समझदारीपत्रमा नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र हुवावेका नेपाल प्रमुख डेङ चुगेनले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि शाहले हुवावेजस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साहित भएको बताए । रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित लिडिङ डिजिटल बैंक बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

हुवावे टेक्नलोजीज्ले विश्वका सयौं संस्थाहरूको प्रविधिमा आधारित व्यवसायिक रुपान्तरणको प्रक्रियामा सहभागी भई सँगालेको व्यवसायिक अनुभवबाट सिकेर आफ्नो रुपान्तरणको यात्रालाई गतिशील बनाउने शाहले बताए ।

हस्ताक्षर कार्यक्रममा बोल्दै हुवावेका चुगेनले क्लाउड प्रविधि, आर्टिफशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकलाई देशकै सशक्त बैंक बनाइने बताए ।

उनले नबिल बैंकको आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रक्रियालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने बताए ।

हुवावेले आफ्ना वित्तीय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा हुवावेकै नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामार्फत बैंकका ग्राहकलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्ने योजना बनाएको छ  ।