७ मंसिर २०८३, सोमबार

काठमाडाैं उपत्यका भित्रिनेकाे संख्या दैनिक बढ्दै, काेराेनाकाे जाेखिम पनि उत्तिकै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २४ असार । भक्तपुरको जगाति हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम लागेको छ ।

विभिन्न जिल्लाबाट देशको राजधानी काठमाडौं आउन लागेका सवारीसाधनको चेकजाँचका क्रममा लामो जाम लागेको हो । सो नाका हुँदै उपत्यका भित्रिनेहरूलाई गाडीबाट झारेर चेकजाँच गरिएको छ ।

चेकजाँचका क्रममा सो सडक खण्डमा जाम परेको हो । सरकारले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाएपनि अत्यावश्यक सवारी र सम्बन्धित निकायबाट पास लिएर आवतजावत गर्नेहरुको संख्यामा भने कमि आएको छैन् ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्दै जिल्ला भित्र जोर विजोर प्रणालीबाट सवारी सधान सञ्चालन गर्न दिएको छ ।