६ कार्तिक २०८३, शुक्रबार

एनआईसी एशिया बैंकको कर्जामा ब्याजदरमा छुट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २४ असार । एन आई सी एशिया बैंकले कर्जा सुविधा लिएका सम्पूर्ण ग्राहकले आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम मसान्तसम्ममा चुक्ता भुक्तान गरिए साउन १ देखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना ल्याएको जनाएकाे छ ।

अत्यधिक उत्साहजनक सहभागिता रहेको तथा कोही पनि नछुटोस् भन्ने हेतुले उक्त योजना सकिन मात्र ८ दिन बाँकी रहेको हुँदा यथाशीघ्र भरपुर फाईदा उठाउन बैंकले अपील गरेकाे छ ।

बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकले आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम आषाढ समान्तभित्रै भुक्तानी गरेमा श्रावण १ पश्चात् ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने व्यवस्था रहेको छ ।

ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा समेत गरिएको छ ।