शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोरोना संक्रमण परिक्षणको विवादीत आरडिटी नगर्न सरकार सहमत, पिसीआर मात्रै हुने

दैनिक नेपाल २०७७ असार २३ गते १२:२०

काठमाडौं, २३ असार । कोरोना भाइरस संक्रमणको र्यापिड टेस्ट (आरडीटी) परिक्षण रोक्न सरकार सहमत भएको छ ।

स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’ का अभियन्ताबीच भएका १२ बुँदे सहमतिमा आरडिटी रोक्ने सहमति भएको हो । सहमति भएपछि अभियन्ता ईशान ई र पुकार बमले अनसन तोडेका हुन् ।

अब सबैको पिसिआर विधिबाट मात्र परीक्षण गर्नका लागि सरकार तयार भएको हो । विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको भन्दै आरडिटी प्रयोग नगर्न आवाज उठिरहेको थियो ।

आरडिटी परीक्षणको गुणस्तर अध्ययन गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मन्त्रालयलाई आरडिटी किट संक्रमण पहिचानको लागि प्रयोग नगर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित