काठमाडौं, २३ असार । मुलुककाे पछिल्लाे अवस्था र मन्त्रालयका नियमित निर्णयहरू गर्नका लागि मंगलबार मन्त्रिपरिषदकाे बैठक बस्दैछ ।
अरान्ह ४ बजे बस्ने बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने बारेमा छलफल गर्नेछ ।
हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।
उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।
नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् ।











प्रतिक्रिया