शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अब मास्क नलगाई घरबाहिर निस्किए हिरासत बस्नुपर्छ

दैनिक नेपाल २०७७ असार २२ गते १५:४५

काठमाडौं, २२ असार । अब मास्क नलगाई घर बाहिर निस्किए पक्राउ गरी हिरासत राख्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

सर्वसाधारणले मास्क नलगाई निस्किए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिनेछ ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएका कारण खेलवाड गर्न नदिन मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने नियम कडाईका साथ लागू गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित