६ कार्तिक २०८३, शुक्रबार

राप्रपा अध्यक्ष थापा सोध्छन्– रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारत र चीनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई र व्यवाहारमा असन्तुष्टि जनाएका छन् ।

भारतले सरकार गिराउने प्रयास गरेको प्रधानमन्त्रीको भनाई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीको सक्रियतलाई उल्लेख गर्दै ट्वीटरमार्फत थापा सोध्छन्– प्रम ओली भन्नुहुन्छ, सरकार गिराउन भारतीय राजदूत सक्रिय भए । अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन् । के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? राष्ट्रियता जोगाउन सक्छ? स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन ।