शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

गण्डकीमा थप १७ मा कोरोना, ११ सय कट्यो

दैनिक नेपाल २०७७ असार २२ गते १४:३३

पोखरा, २२ असार । गण्डकी प्रदेशमा सोमबार थपिएका १७ जनासहित कोरोना संक्रमितको संख्या ११ सय नाघेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङको वेशीशहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, राइनास नगरपालिकामा १ जना, क्व्होलासोथर गाउँपालिकामा २, दोर्दी गाउँपालिकामा १, मध्य नेपाल नगरपालिकामा १ सहित ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

बागलुङको ढोरपाटन नगरपालिकामा १, बडीगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा २–२ जना सहित ५ र पोखरा महानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ । जसमध्ये ४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ । प्रदेशभरि कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनको संख्या २ सय ९७ छ ।

प्रतिक्रिया
सम्बन्धित