बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

विदेशबाट नेपाली ओसार्ने नेपाल एयरका ६ जना चालक दल सदस्यमा कोरोना देखियो

दैनिक नेपाल २०७७ असार २२ गते १४:१७

काठमाडौं, २२ असार । स्वदेश फर्कन चाहने नेपाली लिनका लागि विभिन्न मुलुकमा उडान भरिरहेको नेपाल एयरलाइन्सका चालक दलका ६ जनामा कोरोना भाइरस (कोभिड–१९) देखिएको छ ।

उनीहरूमा कोरोना देखिएपछि बस्दै आएको सोल्टी होटलमा तनाव भएको छ । उडानबाट आएर सिधै होटलमा पुगेर त्यहीँ बसेर अन्य गन्तव्यको उडान भर्दै आएका चालक दलका सदस्यमा कसरी कोरोना संक्रमण फैलियो अनुसन्धान भइरहेको छ ।

होटलमा बस्दा नियमित नाचगानसहित मनोरञ्जन गर्ने र होटलका कर्मचारीहरुसमेत नाचगानमा सहभागी हुने गरेका थिए । नियमित ४० जना चालक दलका सदस्यहरु होटल सोल्टीमा बस्ने गरेका छन् । चालक दलका अन्यको पनि पिसीआर परिक्षणको तयारी भएको छ ।

यसैबीच, होटल सोल्टीलाई सिल गर्ने तयारी भएको छ । होटल सिल गरी त्यहाँ रहेका सबैको पिसीआर परिक्षण गरिने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित