बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गाेकर्ण विष्टले कारबाही गरेका व्यक्ति बोर्डको सदस्यमा नियुक्त, मन्त्रीले कांग्रेसी च्यापे

दैनिक नेपाल २०७७ असार २२ गते १०:४६

काठमाडौं, २२ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बैदेशिक रोजगार प्रबर्धन बोर्डको सदस्यमा विवादास्पद ब्यक्तिलाई नियुक्त गरेका छन् ।

मलेसिया रोजगारीमा जाने नेपालीलाई बायोमेट्रिक, भीएलएन, माइग्राम्स, वान स्टेपजस्ता शीर्षकमा पाइला पाइलामा ठगी गरेको आरोपमा तत्कालीन श्रम मन्त्री गोकर्ण बिष्टले ठगीमा मुद्दा चलाएका कैलाश खड्कालाई मन्त्री यादवले बोर्ड सदस्यमा मनोनीत गरेका छन् ।

आइतबारको निर्णयले खड्काका अलावा कतार भिसा सेन्टरका संचालक हेम गुरुङलाई पनि बोर्ड सदस्यमा मनोनीत गरिएको छ । मन्त्रालयले गुरुङलाई वैदेशिक रोजगार व्यवसायीहरुका तर्फबाट र खड्कालाई वैदेशिक रोजगार विज्ञका रुपमा मनोनीत गरेको छ ।

गुरुङ कतार भिसा सेन्टरका अलावा सिटी मनी एक्सपे्रेसका पनि संचालक हुन् । कतार भिसा सेन्टर कतारमा जाने कामदारको स्वास्थ्य परीक्षणदेखि सबै प्रक्रिया पूरा गर्न खोलिएको हो ।

कतार भिसा सेन्टरलाई मात्र कतारमा जाने कामदारको स्वास्थ्य परीक्षणदेखि सबै बिधि पूरा गर्ने गरी एकाधिकार दिइएको छ । खड्का नेपाली कांग्रेस निकटका हुन् ।

प्रतिक्रिया
सम्बन्धित