शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

ओली–प्रचण्ड वार्ता सुरु, स्थायी समिति २४ असारसम्म स्थगित

दैनिक नेपाल २०७७ असार २२ गते ९:५०

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समितिको बैठक २४ असार सम्मका लागि स्थागित गरिएको छ ।

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटाउने प्रयासमा स्थायी समिति स्थगित गरिएको हो । बुधबार विहान ११ बजे स्थायी समिति बैठक बस्ने जनाइएको छ ।

यता, सहमति जुटाउनका निम्ति प्रधानमन्त्री ओलीसँगको वार्तालाई प्रचण्डले सोमबार पनि निरन्तरता दिएका छन् । विवाद समाधानका लागि सहमति जुटाउनका निम्ति प्रचण्ड बालुवाटार पुगेका हुन् ।

आइतबार पनि ओली–प्रचण्ड वार्ता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित