काठमाडाैं, २२ असार । बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लैजाँदा विभिन्न सुरक्षाका उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् ।
विषेशगरी स्वास्थ्यकर्मी र अभिभावकले सुरक्षाको उपायमा ध्यान दिन स्वास्थ्य सेवा विभाग अन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुलीले सुझाव दिएका छन् ।
भिटामिन ए खुवाउन लैजाँदा भौतिक दूरी कायम गर्न उनले अभिभाकलाई आग्रह गरे । भिडभाड धेरै नहोस् भनेर देशभरका ५२ हजारवटै केन्द्रमा १ घण्टामा १० जना बालबालिकालाई मात्रै भिटामिन खुवाउन अनुरोध गरेको उनले बताए ।











प्रतिक्रिया