
काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई डाकेर राष्ट्रपति विद्या भण्डारी र आफूलाई अप्ठ्यारोमा पार्ने खेल भएको आशंका व्यक्त गरेको भोलीपल्टै आइतबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल शितलनिवास पुगेका छन् ।
नेकपाभित्रको विवाद चर्किँदै गएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका नेताहरू शितलनिवास पुग्नुलाई अर्थपूर्ण रुपमा बुझिएको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने भनी आएको हल्ला निराधार रहेको भन्ने बुझाउन प्रचण्डलगायतका नेता शितलनिवास पुगेको बताइएको छ ।
यसअघि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि यो हल्ला मात्र रहेको भनी टिप्पणी गरेका थिए । तर, आन्तरिक राजनीतिमा नेकपाको अवस्था निक्कै पेचिलो बनिरहेका बेला प्रधानमन्त्री तथा नेताहरूले राष्ट्रपतिलाई तारन्तार भेट्नुलाई निक्कै चासोका साथ हेरिएको छ ।















प्रतिक्रिया