शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउन दाहाल–नेपालद्वारा गोप्य परामर्श

दैनिक नेपाल २०७७ असार २० गते ९:३२

काठमाडौं, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर हटाउनेसम्मको गतिविधि भएको रहस्य बाहिरिएको छ ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति भण्डारीलाई महाभियोग लगाएर हटाउने योजना बनाएको उच्च स्रोतले जनाएको छ ।

उनीहरूले दुईजना वरिष्ठ कानून ब्यवसायीसँग छलफल गरेको दाबी स्रोतको छ ।

दाहाल र नेपालले नेकपामा बुधवार डा.युवराज संग्रौला र गोविन्द बन्दीसँग राष्ट्रपति भण्डारीबिरुद्ध महाअभियोग लगाउने विषयमा छलफल गरेका हुन् ।

डा.संग्रौलाले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन सकिने सुझाव दिएका छन् । त्यसका लागि सभामुखले साथ दिनुपर्ने डा.संग्रौलाको भनाइ छ ।

महाअभियोग लगाउने विषयमा छलफल भएपनि सो प्रस्ताव पास गर्न सकिने अवस्था नरहेपछि दाहाल–नेपाल ब्याक भएको एक नेताले बताए ।

प्रतिक्रिया
सम्बन्धित