आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

लोमस फर्मास्युटिकल्सले ल्यायाे अटोमेटिक डिस्पेन्सर

दैनिक नेपाल २०७७ असार २० गते ९:१६

काठमाडौं, २० असार । लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले घर र कार्यालय सुरक्षाको लागि अटोमेटिक डिस्पेन्सर ल्याएका छन् । चीनको नम्बर एक कम्पनीबाट डिस्पेन्सर झिकाईएको पनि जनाएको छ ।

ह्याण्ड एक्स डिपार्टमेन्टका निर्देशक प्रनवजंग पाण्डेले जनाएअनुसार यो डिस्पेन्सर अटोमेटिक हुनेछ । आफूहरूले आधुनिक र गुणस्तरीय स्यानिटाईजर बजारमा ल्याएको होम एण्ड अफिस सेफ्टीका प्रोजेक्ट म्यानेजर रवि विष्टले स्पष्ट पारे । उक्त डिस्पेन्सरमा विभिन्न सब्सीडिज रहेको पनि कम्पनीले जनाएको छ ।

लोमसले आफ्नै उत्पादनमा ह्याण्ड स्यानिटाईजर बजारमा ल्याईसकेको छ । उसले ह्याण्ड एक्स नामक स्यानिटाईजर बजारमा ल्याएको छ । ह्याण्ड एक्स नामक स्यानिटाईजर अहिले २५० एम.एल. र ५०० एम.एल. बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित