६ कार्तिक २०८३, शुक्रबार

धनुषामा झडप, दुई राउन्ड हवाई फायर, मुठभेडमा कान काटियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १९ असार । बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकाका दुई वडाका बासिन्दाबीच झडप भएको छ । परिस्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।

वाड–२ र ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर निर्माण हुनुपर्ने माग राख्दै आएका थिए । सोही विषयको विवादले झडपको रुप लियो ।

शुक्रबार बिहान पनि बर्थिङ सेन्टर निर्माणको विषयमा भएको विवादले उग्र रुप लिएको थियो । प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको थियो ।

झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् । झडपका क्रममा एक जनाको कान नै काटिएको प्रहरीले जनाएको छ । झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।