शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चट्याङ लागेर बारामा चार महिलाको मृत्यु

दैनिक नेपाल २०७७ असार १८ गते ९:३८

बारा, १८ असार । चट्याङ लागेर बारामा विहीबार विहान चारजना महिलाको मृत्यु भएको छ । अरु सातजना महिला घाइते भएका छन् ।

करिब साढे सात बजे चट्याङ लागेर कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

चट्याङ लागेर फेंटा गाउँपालिका–१ की ४० वर्षीया सुनरपती देवी र  ३० वर्षीया तेंडु देवीको पनि ज्यान गएको उनले बताए ।

चट्याङ लागेर फेंटा गाउँपालिका १ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ । खेतमा रोपाइँ गर्ने क्रममा उनीहरुलाई चट्याङ लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित