शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

रिपोर्ट ढिलो आउँछ भन्दै घर पठाइएका गुल्मीका एक जनामा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ असार १८ गते ९:३०

काठमाडौं, १८ असार । रिपोर्ट ढिलो आउँछ भन्दै गुल्मीको चन्द्रकोट गाउँपालिकाको क्वारेन्टाइनबाट घर फर्काइएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नुनडाँडाका ५२ वर्षीय पुरुष ११ जेठमा भारतबाट आएर सराङ्ग शारदा माबिको क्वारेन्टाइनमा बसेका थिए । आरडिटी पोजेटिभ रिपोर्ट आएपछि स्वाब पिसीआर परीक्षणका लागि पठाउँदा ढिलो रिपोर्ट देखिने भयो । १५ असारमा घर पठाइएका उनमा कोरोना पोजेटिभ आएको छ ।

एक महिनाभन्दा बढी समय क्वारेन्टिनमा राख्दा मानिसहरुमा मानसिक तनावको सम्स्या देखिन थालेपछि उनलाई घर पठाइएको थियो । तर १६ असारमा आएको रिपोर्टमा उनमा पोजिटिभ देखियो ।

गाउँवासीले भने गाउँपालिका यति संवेदनशील विषयमा पनि गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित