शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेकपाभित्र सकस : उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा ओली पक्षीय नेता प्रचण्डनिवास खुमलटारमा

दैनिक नेपाल २०७७ असार १८ गते ९:१७

काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको सकसको मन्थनका लागि दुवै अध्यक्ष पक्षीय नेता सक्रिय हुन थालेका छन् ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फरक–फरक भेला गरी स्थायी समिति सदस्यसँग परामर्श गरेपछि नेकपाभित्रको विवाद झन् गहिरो हुन थालेको थियो ।

यहि क्रममा ओलीनिकट मानिएका सचिवालय सदस्य तथा उपप्रधान र रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा, संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेता प्रचण्डनिवास खुमलटारमा विहीबार बिहान पुगेका छन् ।

दुई अध्यक्षबीच चिसिएको सम्बन्धलाई सहमति र समाधानोन्मुख गर्दै पार्टीको विवाद साम्य पार्ने उद्देश्यसहित प्रचण्डसँग परामर्शका लागि पोखरेल नेतृत्वमा नेताहरू खुमलटार पुगेको स्रोतले जनाएको छ ।

बुधबार अबेरसम्म प्रचण्डलगायत अन्य नेताले झम्सीखेलमा ३० जना स्थायी समिति सदस्यसँग छलफल गरेको बिहानै ओली पक्षीय नेता खुमलटार पुगेका हुन् ।

विहीबार सुरु हुने स्थायी समिति बैठकअघि भएको यो भेटलाई विवाद समाधान र पार्टीमा देखिएको समस्याको पेरिफेरिमा अर्थपूर्ण रुपमा हेरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित