शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

यी भारतीयले लिए नेपाली नागरिकता, नेपालमै बिहे गरी बच्चा नै जन्माए

दैनिक नेपाल २०७७ असार १८ गते ५:५६

घाेराही, १८ असार । दाङमा भारतकाे उत्तर प्रदेशकाे बलरामपुरका २५ वर्षीय विशाल गुप्ताले नेपाली नागरिकता लिएकाे खुलेपछि पक्राउ परेका छन् ।

गुप्ताले वंशजको आधारमा नेपाली नागरिकता लिएका छन् । २०७५ मंसिर २५ गते गुप्ताले घोराही उपमहानगरपालिका-३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दाङबाट सोही दिन वंशजका आधारमा नेपाली नागरिकता पाएको अभिलेखमा उल्लेख छ ।

गुप्ताले घोराही ३ निवासी ५६ वर्षीय हीरालाल दमाईको जेठो छोरा मितबहादुर दमाईको नामबाट झूटो विवरण पेश गरी नागरिकता लिएकाे खुलेकाे छ ।

गुप्ताले घोराही वडा नं. ३ को सिफारिसमा बंगलाचुली गाउँपालिका वडा नं. ३ को स्थायी बासिन्दाको रूपमा नागरिकता पाएका छन् ।

उनको ५२-०१-०७५-०४०५२ नम्बरको नागरिकतामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनकप्रसाद भण्डारीले हस्ताक्षर गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित गुप्ताको डेरामा छापा मार्ने मार्दा भारतीय नागरिक गुप्ताले जिल्ला प्रशासन कार्यालयवाट बंशजको आधारमा प्राप्त गरेको नागरिकता र भारतीय विशिष्ट पहिचान प्राधिकरणले प्रदान गरेको २७१६०७ नम्बरको आधार कार्ड पनि फेला परेको खड्काले बताए ।

प्रहरीले गुप्तालाई झुठो विवरण पेश गरी नागरिकता लिएको अभियोगमा जिल्ला अदालत दाङमा मुद्दा हालेकाे छ ।

ती दुबै प्रमाणका आधारमा दाङ देउखुरी जिल्ला अदालतले असार ८ गते पटेललाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गुप्ताले घोराही निवासी सम्झना नेपालीसँग विवाह समेत गरेका छन् । उनीहरूको सन्तान पनि जन्मिएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित