बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अब सामसङ स्मार्टफोनहरु अझ किफायती मूल्यमा

दैनिक नेपाल २०७७ असार १८ गते ५:१५

काठमाडौं, १८ असार । सामसङका स्मार्टफोनहरू किफायती मूल्यमा नेपाली बजारमा पाइने भएको छ ।

पहिले रु. ६७,५९९ रहेको सामसङ ग्यालेक्सी नोट १० लाइट अब रु. ५८,९९९ मा उपलब्ध भएको छ । कम्पनीले यसमा रु. ८,६०० को छुट उपलब्ध गराएको छ ।

ग्यालेक्सी नोट १० लाइटमा ट्रिपल क्यामेरा, डिस्प्ले, एयर एक्सन रहेको एस–पेन, सुपर फास्ट चार्जिङ भएको ४,५०० एमएएच ब्याट्री एक्स्पान्डेबल सुविधासहित १२८ जीबी स्टोरेज रहेको छ ।

त्यसैगरी, खरिदकर्ताहरुलाई आकर्षित गर्न कम्पनीले ग्यालेक्सी ए७१ र ए५१ को पनि मूल्य घटाएको छ ।

अबको मूल्य रु. ४९,९९९ कायम गरिएको छ । यसमा रहेको उत्कृष्ट डिस्प्लेले आकर्षक भिडियो क्वालिटी दिन्छ र साथै उत्कृष्ट क्यामेराले तस्विरहरु जीवन्त खिच्छ । ग्यालेक्सी ए५१ को नयाँ मूल्य रु. ३९,९९९ कायम गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित