शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

दैनिक नेपाल २०७७ असार १८ गते ५:००

कैलाली, १८ असार । कैलाली जिल्लाकाे लम्कीचुहा नगरपालिका-६ चोरीपुर खोलास्थित पुरानो कुखुराको खोरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

उनीहरूलाई २ लाख ५९ हजार ७ सय रुपैयाँ, तांसको गड्डी ३ थान, कम्मल २ थान र मोबाइल ८ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-४ बस्नेहरु ४३ बर्षीय दीपक भण्डारी, २८ प्रकाश शाही, ३२ वर्षीय प्रजिन राई, ३४ वर्षीय कृष्ण बिष्ट, ४० वर्षीय नवल बुढा, सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय नर बहादुर शाही र टिकापुर नगरपालिका-१ बस्ने ३० वर्षीय प्रकाश खड्का रहेका छन् ।

उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित