बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

चिढिएका ओली–प्रचण्डको बुधबार ‘वान टु वान’ वार्ताको अर्थ

दैनिक नेपाल २०७७ असार १७ गते १३:३५

काठमाडौं, १७ असार । मंगलबार स्थायी समिति बैठकमा चिढिएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बालुवाटारमा वान टु वान वार्ता भएको छ ।

प्रचण्डसहित शीर्ष तहका नेताले ओलीसँग अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि नेकपाको आन्तरिक राजनीतिको तरङ भारतको नयाँ दिल्लीका मिडियासम्म पुगेको थियो ।

आन्तरिक विवादका कारण एकीकरण भएको दुई बर्षमा नै नेकपामा फूटसम्मका विषयमा तल्ला तहसम्म बहस हुन थालेपछि ओलीले आफूनिकट स्थायी समिति सदस्यलगायतसँग परामर्श गरेपछि प्रचण्डसँग वान टु वान वार्ता गरेका थिए ।

यो वार्तामा पार्टीका अन्य नेताबाट आएको सुझावका आधारमा जिम्मेवारी बाँटफाँटको व्यवाहारिक सहमति भएको अनुमान गरिएको छ । सरकार र पार्टीका कामबीच समन्वयात्मक भूमिका जारी राख्दै पार्टीका काममा सबै जिम्मा प्रचण्डले लिने र सरकारका काम कारबाहीमा ओली नै सक्रिय हुने सहमति भएको बताइन्छ ।

बुधबारको स्थायी समिति बैठक स्थगित भएको छ । तर सोही वार्ताको सहमतिको विन्दुमा रहेर एक पद एक जिम्मेवारीका विषय बैठकमा टेबुल गर्ने, ओलीले भारतलगायत नेकपाका नेताले आफूलाई हटाउन लागेको भनी दिएको अभिव्यक्तिमाथि आत्माआलोचना गर्ने र प्रधानमन्त्रीको राजीनामाको विषय नउठाउने विषयमा सहमति भएको हुनसक्ने अड्कल गरिएको छ ।

विहीबारको बैठकमा यी विषयमा पुन छलफल हुनेछन् । ११ बजेदेखि बालुवाटारमा बैठक चल्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित