बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

प्रधानमन्त्री ओलीसँगको छुट्टै वार्तापछि युवा नेता भट्टराई यसो भन्छन्

दैनिक नेपाल २०७७ असार १७ गते १०:५१

काठमाडौं, १७ असार । नेकपामा देखिएको नेतृत्व तहकै घोचपेच र असन्तुष्टिसम्मका विविध विवरण सतहमा आएपछि कार्यकर्ताबीच विभाजित मानसिकता बनेको छ ।

स्थायी समितिको बैठक जारी रहेका बेला आफ्ना धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र अन्यसँग बुधबार परामर्श गरेका थिए ।

‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामसश गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनुभयो’,सोही छलफलमा सहभागी मध्येका पर्यटनमन्त्री भट्टराई भन्छन्,‘बाँकी नेता र सदस्यहरुसँग पनि परामर्श गर्ने प्रमले बताउनुभयो जुन सकारत्मक छ ।’

परामर्श दिन पुगेका सहभागीले पार्टी एकता जोगाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न सुझाव दिएको भट्टराई बताउँछन् ।

उनले अगाडि जोड्छन्,‘थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेडली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिइएको छ ।’

भट्टराईले अहिलेको विषय सकारात्मक विन्दुमा पुग्ने आशा राख्दै भनेका छन्,‘प्रोक्सी वार बन्द गरौं ।’

प्रतिक्रिया
सम्बन्धित