बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बालुवाटारमा तमासा भएको युवा नेता गगन थापाको टिप्पणी

दैनिक नेपाल २०७७ असार १७ गते १०:३३

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठकमा देखिएको विवादको विषयलाई संकेत गर्दै कांग्रेस युवा नेता गगन थापाले ‘तमासा’को टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेको विषयलाई उल्लेख गर्दै उनले भनेका छन्,‘अहिले न त सलह किराले आफ्नो आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले, बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’

नेकपा सचिवालयलाई अनुरोध गर्दै उनले भनेका छन्,‘अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’

प्रतिक्रिया
सम्बन्धित