शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य छन्त्यालको निधन

दैनिक नेपाल २०७७ असार १७ गते १०:२४

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

शहिद गंगालाल हृदयरोग केन्द्रमा अघिल्लो आइतवार मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएकी छन्त्यालको निधन भएको हो ।

अल्पसंख्यक समुदाय (छन्त्याल)बाट नेपाली काँग्रेसका तर्फबाट समानुपातिक कोटामा सांसद हुन् । उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

सांसद छन्त्यालको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कांग्रेस नेता डा शेखर कोइरालाले दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित