शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पूर्वसूचनामन्त्री बाँस्कोटाको घरमा विस्फोट गराएको आरोपमा एक पक्राउ

दैनिक नेपाल २०७७ असार १७ गते १०:०४

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वसूचनामन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा विप्लव समूहका एक जनालाई पक्राउ गरेको छ ।

विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाहीलाई पक्राउ गरी अनुसन्धान जारी राखिएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिबन्धित विप्लव समूहले भने उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनको नामबाट विज्ञप्ति जारी गर्दै पार्टीले आक्रामक कारबाही बन्द गरेको अवस्थामा झुठा मुद्दा लगाइएको दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित