मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

प्रधानमन्त्री ओलीद्वारा आफू निकट स्थायी समिति सदस्य र मन्त्रीहरूसँग छलफल

दैनिक नेपाल २०७७ असार १७ गते ८:५७

काठमाडाैं, १७ असार । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी ओलीले आफू निकट स्थायी समिति सदस्य तथा मन्त्रीहरूलाई छलफल गरेका छन् ।

ओलीले उनीहरूसँग ८ बजे जारी स्थायी समिति वैठकका विषयमा छलफल गर्ने स्राेतले जनाएकाे छ ।

नेकपाको मंगलबार बसेको स्थायी नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकाशं नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको राजीनामा मागेका छन् ।

आज ११ बजे स्थायी समितिको वैठक बस्दै छ। ओलीले वैठकमा आफ्नो रणनीति र कसरी प्रस्तुत हुने भन्ने विषयमा सल्लाह गर्न लागेका हुन् ।

मन्त्री तथा स्थायी समिति सदस्यसँगै ओली निकट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पनि छलफलका लागि बोलाइएका छन् ।

मंगलबारको स्थायी समिति वैठकमा बोलेका १८ मध्ये १७ जना सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित