शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सरकारले बढायाे पेट्रोलीयम पदार्थकाे मूल्य

दैनिक नेपाल २०७७ असार १७ गते ६:४४

काठमाडौं, १७ असार । नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपियाँ बढाएको छ ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको हो ।

भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपियाँ ७७ पैसा, डिजेलमा ५ रुपियाँ ८८ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपियाँ ६ पैसा बढेर आएको छ ।

मंगलबारको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपियाँ, डिजेल र मटितेलमा २/२ रुपियाँ बढाउने निर्णय गरेका छ । नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू भएके छ ।

खुद्रा मूल्य समायोजनपश्चात् थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपियाँ पर्नेछ ।

पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपियाँ ५० पैसा , डिजेल ८६ रुपियाँ ५० पैसा र मटितेल ८६ रुपियाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपियाँ ५० पैसा, डिजेल ८५ रुपियाँ ५० पैसा र मटितेल ८५ रुपियाँ ५० पैसा तोकेको जनाएको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित