शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

स्थायी समिति सकिनासाथ केही मन्त्रीसहित नेकपा महासचिवलगायतसँग ओलीको गोप्य बैठक

दैनिक नेपाल २०७७ असार १६ गते २०:२०

काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठकमा राजीनामा माग गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत केही मन्त्रीसँग गोप्य बैठक गरेका छन् ।

स्थायी समितिको बैठक सकिएको केही समयमा नै बालुवाटारमा ओलीले गरेको उक्त गोप्य परामर्शमा अबका दिनमा सरकारलाई कसरी अगाडि बढाउने र पार्टीमा आएका विविध विषयसँग कसरी जुध्ने भन्ने विषयमा कुराकानी भएको उच्च स्रोतले जनाएको छ ।

मंगलबारको स्थायी समिति बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताले ओलीको राजीनामा मागेका थिए भने केहीले सरकारको चर्को आलोचना गरेका थिए ।

ओलीले यो सरकार गिराउनका लागि भारतीय शक्ति लागि परेको एउटा सार्वजनिक कार्यक्रममा भनेपछि स्थायी समितिको बैठकमा कडा बहस भएको थियो । भित्र मात्र नभएर बाहिर पनि प्रधानमन्त्री ओलीको आलोचना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित