शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रचण्डले ओलीसँग अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा मागे

दैनिक नेपाल २०७७ असार १६ गते १६:४१

काठमाडौं, १६ असार । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग दुवै पदबाट राजीनामा माग गरेका छन् ।

मंगलबार भएको स्थायी समितिको बैठकमा दुवैबीच भनाभन हुने क्रममा प्रचण्डले ओलीलाई राजीनामा गर्न भनेका थिए । उच्च स्रोतका अनुसार स्थायी समितिको बैठकमा ओलीले भारतले हटाउन खोजेको भनी दिएको अभिव्यक्तिका विषयमा प्रश्न गर्दा चर्काचर्की परेको थियो ।

सोही क्रममा प्रचण्डले ‘भारतले होइन मैले तपाईलाई अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुस् भनेको हुँ’ बताएका थिए । भारतलगायत छिमेकी मुलुकसँगको सम्बन्ध विगार्ने, पार्टी कमिटीका कुरालाई नमानेकोलगायतका विषयमा ओलीसँग भनाभन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित