शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राज्य व्यवस्था समितिले पारित गरेको निजामती विधयेकविरुद्ध परराष्ट्रका नायव सुब्बाहरू आन्दोलित

दैनिक नेपाल २०७७ असार १६ गते १०:२६

काठमाडौं, १६ असार । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले पारित गरेको निजामती सेवा ऐनविरुद्ध परराष्ट्र मन्त्रालय अन्तर्गतका नायव सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् ।

ऐनका प्रावधानले आफूहरुको वृत्तिविकासको सम्भावनालाई समाप्त पारेको उनीहरूको ठहर छ । परराष्ट्र मन्त्रालयस्थित निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमितिको अगुवाइमा भएको बैठकमा नायब सुब्बाहरुले प्रस्तावित ऐनको पदपूर्ति सम्बन्धी प्रावधान विभेदकारी रहेको निर्णयसहित विरोध गरेका हुन् ।

हेर्नुहोस् विरोधसहितको निर्णय

प्रतिक्रिया
सम्बन्धित