बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सडकमा उत्रिए ट्याक्सी व्यवसायी र मजदुरहरू, सरकारलाई ठूलो दवाव

दैनिक नेपाल २०७७ असार १६ गते ९:०८

काठमाडौं, १६ असार । लकडाउनले समस्यामा परेको भन्दै ट्याक्सी व्यवसायी र मजदुरहरू सडक आन्दोलनमा उत्रिएका छन् ।

मजदुर र व्यवसायीहरूले मंगलबार बिहान यातायात विभागको मूल गेटमा धर्ना दिनुका साथै ट्याक्सीसहित प्रदर्शन गरेका हुन् । उनीहरूले लकडाउनका कारण आफूहरू समस्यामा परेको र परिवार पाल्न तथा बैंकको ऋण तिर्न समस्या भएको उल्लेख गरेका छन् ।

उनीहरूले मुलुकभरि रहेका करीब ६ हजार ट्याक्सी समस्यामा परेको बताएका छन् ।

चैत ११ गतेदेखि शुरु भएको लकडाउनले समस्यामा परेको ट्याक्सी व्यवसायी र मजदुरहरूको भनाइ छ ।

लकडाउन शुरु भएसँगै ट्याक्सी तथा सार्वजनिक यातायात ३ महिनादेखि बन्द छन् ।

व्यवसायीले ट्याक्सी आपत्कालीन सेवा भएको बताएका छन् । उनीहरूले ट्याक्सी सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । अन्यथा आफूहरूले कडा आन्दोलन गर्ने चेतावनी ट्याक्सी व्यवसायी र मजदुरहरूले दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित