शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ललितपुरको स्टार अस्पतालमा कोरोना संक्रमित युवकको मृत्यु

दैनिक नेपाल २०७७ असार १५ गते ९:५८

काठमाडौं, १५ असार । ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका एक दम रोगी २९ बर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । उपचारका क्रममा उनको स्वाब संकलन गरी पाटन अस्पतालमा पिसीआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।

उनलाई श्वास–प्रश्वासमा समस्या भएपछि स्टार हस्पिटलको आईसियूमा भर्ना गरिएको थियो ।

उनको शव व्यवस्थापनका निम्ति तयारी भएको छ ।

स्टार हस्पिटलका डा. अनिल पोखरेलका अनुसार युवकलाई १३ गते नै रौतहटबाट स्टार अस्पताल ल्याइएको थियो । उनले नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्ज र त्यसअघि भारतमा पनि उपचार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित