शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सर्लाहीमा झडप, १२ जना घाइते, एक जना पक्राउ

दैनिक नेपाल २०७७ असार १५ गते ९:१४

लालबन्दी, १५ असार । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएकाे झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् । घाइते सबैकाे अवस्था सामान्य छ ।

नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेर निहुँमा झडप भएको हो ।

गोली चलेको बन्दुक कसको हो भन्ने खुलिसकेको छैन । प्रहरीले स्थानीय मुकेश शाहलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित