शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सर्लाहीमा गोली चल्यो, नेकपा–कांग्रेस झडपमा १२ घाइते

दैनिक नेपाल २०७७ असार १५ गते ९:१३

काठमाडौं, १५ असार । सर्लाहीकको धनकौल गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते भएका छन् ।

बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरू घाइते भएको बताइएको छ । बन्दुक चलाएको आशंकामा प्रहरीले मुकेश साहलाई पक्राउ गरिएको छ ।

नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेको विषयमा दुवै तर्फका सय भन्दा बढी व्यक्ति भेला भई विवाद गर्दा झडपको अवस्था आएको थियो । प्रहरीका अनुसार तीन राउन्ड फायर समेत भएको थियो ।

घाइतेको जिल्लास्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । आइतबार राति साढे ८ बजे भएको घटना नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । प्रहरी अधिकारीहरूका अनुसार भिड नियन्त्रणका लागि टियर ग्यास हान्नु परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित