शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

१८ करोडका कस्ता सवारी किन्दैछ नेपाली सेना ?

दैनिक नेपाल २०७७ असार १४ गते ११:४३

काठमाडौं, १४ असार । नेपाली सेनाले १८ करोड खर्च  गरी अप्रेशनल सवारी साधन खरिद प्रक्रिया अगाडि बढाएको छ ।

डबल क्याब पिकअप तराई र पहाडका लागि ५–५, ‘सी’ क्याटेगोरीको एम्बुलेन्स एउटा खरिद गर्न लागेको हो ।

यस्तै, भीआईपी र भीभीआईपीका लागि ‘ए’ क्याटेगोरीको एम्बुलेन्स एक थान, एउटा माउन्टेन जीप खरिद गर्न लागिएको हो । हार्ड टप जीप ५, ५ वटा मोटरसाइकल पनि खरिदका लागि प्रक्रिया अगाडि बढाईको हो । ३० वटा साइकल र ४ वटा ट्याक्टर, २० र ५ टन सामान उठाउने फोर–क्लिफ एक–एक, वर्कसप भ्यान एउटा खरिद लागिएको सैनिक उच्च स्रोतले जनाएको छ ।

६ वटा ‘इलेक्ट्रिक कार्ट’, दुई वटा किचन मोबाइल भ्यान सेनाले खरिद गर्न लागेको हो । आगलागी नियन्त्रणमा प्रयोग हुने ‘रेस्क्यू ल्याडर’ र कम्प्याक्ट फायर इञ्जिन (दमकल) खरिद गर्न लागिएको सैनिक स्रोतले जानकारी दियो ।

प्रतिक्रिया
सम्बन्धित