शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

फोर्डको गाडी खरिद गर्न विशेष छुट

दैनिक नेपाल २०७७ असार १३ गते ७:३७

काठमाडौं, १३ असार । फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स् प्रा.लि.ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो पटक बीएससिक्स कम्प्लेन्ट फोर्ड २०२० मा विशेष अफर ल्याएको छ ।

यस अन्तर्गत ग्राहकले १०वर्षसम्मको फाइनान्स सुविधा, ३० प्रतिशत डाउन पेमेन्ट, स्थगित भुक्तानीको सुविधा दिइएको कम्पनीले जनाएको छ ।

फोर्ड गाडीमा परिवारको लागि कोभिड विमा सुविधा, विशेष नगद छुट, एक वर्षको बीमा, एक्सचेन्जको सुविधा, लोएल्टी वोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निःशुल्क सर्भिसिङका साथ अन्य सुविधा उपलब्ध गराएको कम्पनस्ले जनाएको छ ।

१० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने गर्दछ । कम्पनीको अनुसार अहिले यो अफर नेपालीबजारमा सबैभन्दा राम्रो हो किनकी फोर्डको २०२० मा बनेका गाडीमा यो अफर मान्य छ ।

प्रतिक्रिया
सम्बन्धित