शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता

दैनिक नेपाल २०७७ असार १० गते ५:५३

काठमाडाैं, १० असार । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिनुभएको बिष्णुमाया दर्जीको मृत्यु भएकोले उनले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

बैंकले निजले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रकम रु.२२,४९९ मिनाह गरेको जनाएकाे छ ।

दर्जीले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज रु.२०३,४८३ र काजक्रिया खर्च बापतको रकम रु.५,००० समेत गरी जम्मा रु.२,०८,४८३ बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

बैंकले समूहमा आवद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्युभएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित