६ कार्तिक २०८३, शुक्रबार

कोरोना रोकथाम समितिको निर्णय– विदामा आएका कामदार, अध्ययन गर्ने विद्यार्थी विदेश जान पाउने

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ८ असार । विदामा घर आएका विदेशमा कार्यरत नेपाली श्रमिक तथा अध्ययनका लागि विभिन्न देश जाने विद्यार्थीका लागि मापदण्ड तोकी स्वीकृत गर्न सक्ने प्रस्ताव मन्त्रिपरिषदमा जाने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘वैदेशिक रोजगारीमा रही विदामा आएका र नयाँ रोजगारीमा विदेश जाने श्रमिकहरुको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोभिड–१९ को रिपोर्ट चाहिने भएमा सम्बन्धित व्यक्तिले नै खर्च ब्यहोर्ने गर्ने गरी र जनस्वास्थ्य प्रोटोकल पालना गरी आवत–जावत अनुमति दिने’, निर्णयमा उल्लेख छ ।

श्रम मन्त्रालयले जापान लगायतका केही युरोपेली देशमा जाने कामदारलाई श्रम इजाजत दिएर त्यहाँसम्म चार्टर्ड फ्लाइटका लागि जाने विमानमा पठाउने प्रस्ताव गरिएको थियो ।