
पोखरा, ४ असार । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३२४ पुगेको छ । बिहान ४२ जना थपिएका थिए । साढे १० बजेसम्म सो संख्या ७७ पुगेको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीले निकालेको विज्ञप्तिअनुसार प्रदेशमा कुल संख्या संख्या ३ सय नाघेको हो ।
बिहान ५ः ४५ मा निर्देशनालयले निकालेको विज्ञप्तिमा नवलपुर, तनहुँ, मनाङ र गोरखामा गरी ४२ नयाँ संक्रमित पुष्टि भएका थिए भने ८ बजे निकालेको विज्ञप्तिमा पर्वतको कुश्मा, फलेबास नगरपालिका र मोदी गाउँपालिकामा गरी ५ संक्रमित थपिएका थिए ।
कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा बसेका ४२ वर्षिय १ पुरुष र २० वर्षिया महिलामा थिइन् । यस्तै, पर्वतकै मोदी गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको बसेका ३० वर्षिय १ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
पर्वत फलेवस नगरपालिका स्थायी ठेगाना भएका कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा बसेका ३० र ३७ वर्षिय २ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको ८ बजेको विज्ञप्तिमा उल्लेख थियो ।
यसैगरी, स्याङ्जा, पर्वत, तनहूँ, नवलपुर र बागलुङमा ३० नयाँ संक्रमित थपिएको उल्लेख छ । जसमध्ये स्याङ्जामा आँधिखोला गाउँपालिकामा ७२ र ३४ वर्षीया दुई महिला त्यसैगरि १३ र १९ वर्षीया दुई पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
स्याङ्जाकै कालिगण्डकी गाउँपालिकामा २१, ३३, २६, ३० र १८ वर्षीय पाँच पुरुषमा कोरोना पुष्टि भएको छ ।
पर्वतको कुश्मा नगरपालिकाका २० वर्षीय पुरुष, फलेबास नगरपालिकाका १९ र २२ वर्षीय दुई पुरुष जलजला गाउँपालिकाका १६ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । तनहूँको ब्यास नगरपालिकामा ४२, २९ र २५ वर्षिय तीन पुरुष, नवलपुर हुप्सेकोट गाउँपालिकामा २९, २०, ३९, १९, ३०, ३३, ४० र २९ वर्षका दुई गरि ९ पुरुष र विनयी त्रिवेणी गाउँपालिकाका ३५, ३१, २६ र २३ वर्षका ४ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
बागलुङको गलकोट नगरपालिकाका ३३ वर्षीय एक पुरुषमा गरि बिहीबार ३ घण्टानको अन्तरमा ७७ नयाँ संक्रमित पुष्टि भएका छन् । सो क्षेत्रमा संक्रमण पुष्टि भएका अधिकांश भारतबाट नेपाल फर्कि क्वारेन्टाइनमा बसेका छन् ।















प्रतिक्रिया