६ कार्तिक २०८३, शुक्रबार

‘छिमेकी पहिलो नीति’विरुद्ध मोदी सरकारले नेपालसँग सम्बन्ध विगारेको टिप्पणीको अर्थ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेपाललाई भारतसरकारले हेपाहा प्रवित्तिकै हिसाबले डिल गरिरहेको भन्ने अर्थमा त्यहाँका विज्ञहरूका धारणा सार्वजनिक हुन थालेका छन् ।

अस्ट्रेलिया, चीन र विश्वका अन्य देशका प्रमुखसँग प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल फोरमबाट वार्ता जारी राखे पनि नेपालसँगको सीमाका विषयमा बेवास्ता गरेका कारण नेपाल रुष्ट भई भारतसँग टाढिएको अर्थमा कतिपयका टिप्पणी सार्वजनिक हुन थालेका छन् ।

नेपाल मामिलामा जानकार मानिने कुटनीतिज्ञ, प्राध्यापक र केही नेताले समाचार माध्यम, विज्ञप्तिमार्फत पनि यस्ता प्रकारका टिप्पणी सार्वजनिक गरी मोदी सरकारको आलोचना गरेका हुन् ।

नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुद, प्राध्यापक एसडी मुनीलगायतले मात्र होइन, भारतीय कांग्रेसका नेता डा. करण सिंहसम्मले पनि यसप्रकारको टिप्पणी गरेका विवरणहरू सार्वजनिक भएका छन् ।

‘अस्ट्रेलिया, चीनसँग निरन्तर वार्ता गर्न सकिने तर सीमा विषयमा तनाव हुने अवस्थामा नेपालसँगको व्यवाहारमा मोदी सरकारले परिपक्वता देखाएको छ’, मुनीले भनेका छन्,‘यसकारण नेपाल भारतसँगको रोटीबेटीको सम्बन्धको आयामभन्दा निक्कै पर जान लागेको छ, चीनसँग नजिक हुन थालेको छ ।’

भारतीय विज्ञहरूका अनेकखाले टिप्पणी आए पनि नेपालले सन्तुलित परराष्ट्र नीति र आफ्नो सार्वभौमिकताका आधारमा निर्णय गरिरहेको छ । यसकारण पनि प्रतिनिधि सभामा सर्वसम्मत रुपमा नै नेपाली सीमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्शा पारित भएको थियो ।

यसै सन्दर्भमा डा. सिंहले विज्ञप्तिमार्फत भनेका छन्,‘कुटनीतिक रुपमा नेपालसँगको सम्बन्धमा भारत सरकारले जिम्मेवारीता बोध गर्न सकेको छैन, यो कमजोरी हो ।’

प्रधानमन्त्री मोदीले जिम्मेवारी सम्हाल्नासाथ छिमेकी पहिलो नीति भन्दै काम थालेका थिए । अन्य प्रधानमन्त्रीको तुलनामा नेपालमा उनको भ्रमण निक्कै पटक हुँदा पनि राम्रोसँग वार्ता र समन्वयमा कमजोरी राख्दा नेपालसँगको तनाव बढेको त्यहाँका विज्ञ र नेपाल मामिला जानकारको बुझाई रहेको छ ।