
काठमाडौं, ३० जेठ । नेपाल–भारत सीमानाका अन्तर्गत सर्लाहीको पर्सा गाउँपालिकामा सशस्त्र प्रहरीको बन्दुक खोस्दै नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई रोक्दा १५ राउन्ड गोली चलेको छ ।
भारतीय नागरिकहरूले सीमा सुरक्षामा खटिएका प्रहरीको एसएलआर खोस्न खोजेपछि गोली चलाउनुपरेको सशस्त्र प्रहरीले जनाएको छ । सो क्रममा भएको झडपमा एक जना भारतीयको मृत्यु भएको बताइएको छ ।
सीमा सुरक्षारार्थ खटिएको सशस्त्र प्रहरीले हुल बाँधेर आएका भारतीयलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । पर्सा–३ मा भएको उक्त घटनाको थप विवरण आउन बाँकी छ ।















प्रतिक्रिया