६ कार्तिक २०८३, शुक्रबार

शनिबार पनि शाखा कार्यालयहरू खुला राख्न बैंकलाई राष्ट्र बैंकको निर्देशन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ३२ जेठसम्म शनिबार तथा सामार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको छ ।

राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरु खुला राख्न निर्देशन दिएको हो । नेपाल क्लियरिङ हाउस समेत शनिबार खुला रहनेछन् ।

सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरुलाई खुला राख्न निर्देशन दिएको हो । करको रकम समयमा उठाउनका लागि सरकारको निर्देशनका आधारमा राष्ट्र बैंकको यस्तो अपिल भएको हो ।