६ कार्तिक २०८३, शुक्रबार

वीरेन्द्र सैनिक अस्पतालका प्युठको मृत्यु, छातीमा एसएलआरको गोली लागेको भेटियो

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत नेपाली सेनाका प्युठ डम्बरबहादुर विष्ट मृत फेला परेका छन् ।

उनको छातीमा एसएलआरको गोली लागेको भेटिएको छ । मध्यराती उनको मृत्यु भएको र आफैं गोली चलाएको हुनसक्ने अनुमान गरिएको छ ।

हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।